Saturday, June 1, 2019

आर्थिक तथा बैकिङ्ग ज्ञान : जिज्ञाशा न. ४ : रिपो तथा रिभर्स रिपो भनेको के हो ? यसको उपयोग के का लागि गरिन्छ?

 रिपो तथा रिभर्स रिपो केन्द्रीय बैंकले छोटो समयावधीका लागि बैंकिंग प्रणालीमा तरलता प्रबाह गर्न तथा बैंकिंग प्रणालीमा रहेको अधिक तरलता लाइ प्रसोचन गर्न उपयोग गर्ने उपकरण हुन्।  यस अन्तर्गत तरलताको अवस्था हेरी केन्द्रीय बैंकले बैंक तथा बित्तिय संस्थाहरुबाट अलपकालिन सापटी दिने वा लिने कार्य गरी तरलताको ब्यबस्थापन गर्ने कार्य गर्दछ।   
रिपो (Repo)
बैंकिङ प्रणालीमा साधारण प्रकृतिको न्यून तरलताको स्थिति देखिएमा छोटो अवधि (अधिकतम  सात  दिन) को लागि तरलता  प्रवाह (liquidity injection) गर्न प्रयोग हुने उपकरणलाइ रिपो भनिन्छ। यसअन्तर्गत तरलता आवश्यक परेको बैंक तथा बित्तिय संस्थाहरुबाट ट्रेजरी बिल  वा  विकास  ऋणपत्र धितोको रुपमा लिई निश्चित ब्याज लिने शर्तमा नेपाल राष्ट्र बैंकले उक्त संस्थाहरु लाइ अल्पकालीन सापटी प्रदान गर्दछ जसले गर्दा बैंकिंग प्रणालीमा तरलता प्रबाह हुन जान्छ।  
यसरी तरलता प्रबाह गर्दा बोलकबोल विधि (Auction Mechanism) बाट सबैभन्दा बढी ब्याज तिर्न तयार बैंकलाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग  आह्वान  रकमसम्म  बाँडफाँट गरिन्छ र भुक्तानी  मितिमा  बैंक तथा बित्तिय संस्था बाट एकमुष्ट रुपमा साँवा ब्याज रकम असुल गरी धितोको रुपमा राखेको ट्रेजरी बिल  वा  विकास  ऋणपत्र फिर्ता गरिन्छ। 

रिभर्स रिपो(Reverse Repo)
बैंकिङ  प्रणालीमा साधारण  प्रकृतिको  अधिक तरलताको स्थिति  देखिएमा  अल्पकालीन  अवधि (अधिकतम सात दिनको लागि) तरलता प्रशोचन (Liquidity Mop-up) गर्न प्रयोग हुने उपकरणलाइ  रिभर्स रिपो भानिन्छ।  यसमा बैंक तथा बित्तिय संस्थालाई निश्चित ब्याज तिर्ने गरि नेपाल राष्ट्र बैंकले तोकिएको रकम ती संस्थाबाट सापटी लिने काम गर्दछ जसले गर्दा बैंकिंग प्रणालीको तरलतामा कमी आउदछ।  
यसरी सापटी लिदा नेपाल राष्ट्र बैंकले आफ्नो स्वामित्वमा भएको ट्रेज़री बिल्स तथा बिकाश ऋणपत्र धितोस्वरूप राख्नु पर्ने हुन्छ र यसमा तिर्नुपर्ने ब्याज बोलकबोल प्रक्रियाबाट निर्धारण हुन्छ । बोलकबोलमा  सहभागी  बैंक  तथा  वित्तीय  संस्थाहरूमध्ये  सबैभन्दा  कम ब्याजदर बोल गर्ने संस्थालाई पहिलो  प्राथमिकतामा  राखी  क्रमैसँग  सापटी लिने काम गरिन्छ । 

यो पनि पढ्नुस। 

आर्थिक तथा बैंकिंग ज्ञान : जिज्ञाशा न. १ : नेपालको GDP मा रेमिटान्स को योगदान कति छ ?

आर्थिक तथा बैंकिंग ज्ञान : जिज्ञाशा न. २ : ब्याजदर करिडोर के हो र यसले कसरी काम गर्दछ ?

आर्थिक तथा बैंकिंग ज्ञान : जिज्ञाशा न. ३ : कुल गार्हस्थ्य उत्पादनको वृद्धिदरलाइ आधारभूत मुल्य वा उपभोक्ता मूल्य /उत्पादक मुल्य कसका आधारमा ब्यक्त गर्न बढी उपयुक्त हुन्छ?



No comments: