Sunday, June 2, 2019

आर्थिक तथा बैकिङ्ग ज्ञान -जिज्ञासा ५ : नेपालमा सार्वजनिक संस्थानहरुको पछिल्लो स्थिति कस्तो रहेको छ ?

अर्थ मन्त्रालय ले हालै सार्वजनिक संस्थानको पछिल्लो स्थिति (आव २०७४/७५ को )सार्वजनिक गरेको छ। उक्त प्रतिबेदन का अनुसार सार्वजनिक संस्थानको स्थिति यस्तो रहेको छ।
  • सार्वजनिक संस्थानको संख्या : ३९
  • संचालनमा रहेका संस्थान संख्या : ३७
  • सार्वजनिक संस्थानमा नेपाल सरकारको लगानी : ९२. ५ प्रतिशत
  • स्वामित्व संरचना : सरकारको पूर्ण स्वामित्व : १८ वटा , अधिकांश स्वामित्व : १७ , ५० प्रतिशत भन्दा कम स्वामित्व : ४ वटा 
  • कुल राजस्वमा योगदान : रु ९४ अर्ब (कुल राजस्वको १२. ८ प्रतिशत ) 
  • स्टक मार्केट मा सुचिकृत संस्थान संख्या : ६ वटा 
  • बिनिवेस गरिएका संस्थान : ३० वटा (१२ खारेजी , १८ निजीकरण ) 
  • कर्मचारी संख्या : विगत केहि वर्ष यता घट्दै गएको छ।  आव २०७४/७५ को अन्तमा २८२३४  रहेको।  
  • संचालन आय : आव २०७४/७५ मा संचालन आय २१. ३५ प्रतिशतले वृद्धि भइ ३९० अर्ब पुगेको छ। 
  • प्रसासनिक खर्च :  आव २०७४/७५ मा यस्तो खर्च 8. २ प्रतिशतले घटेर  २२२  अर्ब पुगेको छ। 
  • नाफा कमाउने संस्थानको संख्या :  २६ वटा
  • संचित नाफा कमाउने संस्थान संख्या : १९ वटा 
  • नाफा तथा संचित नाफा :आव २०७४/७५ मा संस्थानको नाफा ४.९  प्रतिशतले घटेर  ४३  अर्ब पुगेको छ भने संचित नाफा ५२.४  प्रतिशतले बढेर ४२.३ अर्ब पुगेको छ ।
  • नेपाल सरकारको लगानी : आव २०७४/७५ मा यस्तो लगानी १६. ९ प्रतिशत ले वृद्धि भएर ३६५  अर्ब  पुगेको (शेयर : ५४. ९३ प्रतिशत, ऋण लगानी : ४५. प्रतिशत ) 
  • प्रतिफल  : आव २०७४/७५ मा संस्थानले प्रदान गरेको लाभांस २७. २ प्रतिशतले वृद्धि भएर ९. ९  अर्ब पुगेको छ तर लगानी रकम धेरै भएकाले लाभांस अनुपात भने ५ प्रतिशत हाराहारी मा रहेको छ।  
  • नेट वर्थ : संस्थानको नेटवर्थ मा वृद्धि भएर आव २०७४/७५ मा ५०९ अर्ब पुगेको छ। 
  • नियमित लेखापरीक्षण गर्ने संस्थान संख्या : २४ वटा
  • कोषमा व्यवस्था नगरिएको दायित्व : आव २०७४/७५ मा कोषमा व्यवस्था नगरिएको दायित्व मा ०.७ प्रतिशतले वृद्धि भइ ३८. ८ अर्ब  पुगेको छ।  
  • सबैभन्दा बढी नाफा कमाउने संस्थान : नेपाल दुरसंचार कम्पनि लि (१७ अर्ब ) 
थप तलको तालिका मा हेर्नुहोस। 


पुरा रिपोर्ट पढ्न तलको लिंकमा क्लिक गर्नुस।


सार्वजनिक संस्थानको स्थिति समीक्षा २०७६

1 comment:

Anonymous said...

please sir, post about public enterprises latest summary 2077.

Thank you.