Sunday, July 28, 2019

आर्थिक तथा बैकिङ्ग ज्ञान : जिज्ञाशा न. १९ : CPI मुद्रास्फीति तथा GDP Deflator बाट निकालिने मुद्रास्फीति बीच के फरक हुन्छ?

CPI मुद्रास्फीतिले अर्थतन्त्रमा उपभोक्ताले उपभोग गर्ने बस्तु तथा सेवाको मूल्य वृद्धि देखाउने काम गर्दछ।  यसले आन्तरिक रुपमा उत्पादन भएका उपभोग्य बस्तु तथा सेवाका साथै उपभोक्ताले उपभोग गर्ने आयातित बस्तु तथा सेवाहरु समेत समाबेश हुन्छन।  तसर्थ CPI मुद्रास्फीतिले उपभोक्ताले उपभोग गर्ने बस्तु तथा सेवाको लागतमा भएको वृद्धि देखाउने काम गर्दछ।
अर्कोतिर GDP Deflator ले अर्थतन्त्रमा आन्तरिक रुपमा उत्पादन भएका सम्पूर्ण बस्तु तथा सेवाको मूल्य वृद्धि देखाउने काम गर्दछ। यसको मुख्य उदेश्य अर्थतन्त्रमा उत्पादन भएका बस्तु तथा सेवाहरुको बजार मूल्यमा भएको वृद्धि मापन गर्नु रहेको हुन्छ।  यसमा आयतीय बस्तु तथा सेवाहरु समाबेश गरिदैनन।  तसर्थ यसको उपयोग मुलुकको आन्तरिक उत्पादन/कुल गार्हस्थ्य उत्पादनलाई बजार मूल्य /चालु मूल्यमा ब्यक्त गर्नु रहेको हुन्छ।
नेपालमा विगत १७ वर्षमा ९ वर्ष CPI मुद्रास्फीति भन्दा GDP Deflator वृद्धि दर बढी रहेको छ भने बाँकी वर्षहरुमा CPI मुद्रास्फीति बढी रहेको छ।

GDP Deflator वृद्धिदरले अर्थतन्त्रमा उत्पादित सम्पूर्ण बस्तु तथा सेवाहरुको मूल्य वृद्धिदर देखाउने भएकाले CPI मुद्रास्फीतिका साथ् साथै GDP Deflator वृद्धिदर समेत गणना गर्नु पर्ने हुन्छ।  CPI मुद्रास्फीतिले उपभोग्य बस्तु तथा सेवाको मात्रै मूल्य वृद्धि दर देखाउने तथा आयातित बस्तु तथा सेवा समेत समाबेश गर्ने भएकाले आन्तरिक रुपमा उत्पादन भएका सम्पूर्ण बस्तु तथा सेवाहरुको मूल्य वृद्धि CPI मुद्रास्फीतिले देखाउन सक्दैन।
................................................................................................................................................................ 

No comments: