Sunday, August 25, 2019

आर्थिक तथा बैकिङ्ग ज्ञान : जिज्ञाशा न. २३ : मुद्रा प्रदाय भन्नाले के बुझिन्छ ? संकुचित मुद्रा प्रदाय तथा विस्तृत मुद्रा प्रदाय बीच के फरक हुन्छ ?

                                                              मुद्रा प्रदाय  (Money Supply)
कुनै अर्थतन्त्रमा निश्चित समयविन्दुमा उपलब्ध मुद्राको कार्य गर्न सक्ने सम्पुर्ण तरल सम्पतिको योगफललाई मुद्रा प्रदाय  भनिन्छ । यस अन्तरगत मुख्यतः सर्वसाधारणसंग भएको नगद तथा बैंक तथा वित्तीय संस्थामा कायम रहेको निक्षेप पर्दछन ।
तसर्थ,
मुद्रा प्रदाय (Money Supply) = सर्वसाधारणसंग भएको नगद (Cash with Public) +बैंक तथा वित्तीय संस्थामा कायम भएको निक्षेप (Deposit Maintained at BFIs)
मुद्रा आपूर्ति गणना गर्दा बैंक तथा वित्तीय संस्थामा रहेको कस्तो निक्षेप समावेश गर्ने भन्ने आधारमा मुद्रा प्रदायलाई दुई भागमा बाँढिएको हुन्छ :
क) संकुचित मुद्रा प्रदाय (Narrow Money Supply): यस अन्तर्गत सर्वसाधारणसंग भएको नगद तथा बैंक तथा वित्तीय संस्थामा कायम रहेको चल्ती निक्षेप पर्दछन । चल्ती निक्षेपमा रहेको रकम सजिलैसंग नगदमा परिणत गर्न सकिने भएकाले मुद्रा आपूर्तिको यो परिभाषालाई सबैभन्दा तरल परिभाषा (Most Liquid Definition of Money Supply) भनिन्छ ।
तसर्थः
संकुचित मुद्रा प्रदाय (Narrow Money Supply) = सर्वसाधारणसंग भएको नगद (Cash with Public)+ बैंक तथा वित्तीय संस्थामा कायम भएको चल्ती निक्षेप (Demand Deposit Maintained at BFIs)
ख) विस्तृत मुद्रा प्रदाय (Broad Money Supply) :  यस अन्तर्गत सर्वसाधारणसंग भएको नगद, बैंक तथा वित्तीय संस्थामा कायम रहेको चल्ती निक्षेप, वचत निक्षेप, मुद्यति निक्षेप तथा कल निक्षेप पर्दछन । मुद्यति निक्षेपमा रहेको रकम सजिलैसंग नगदमा परिणत गर्न नसकिने भएकाले मुद्रा आपूर्तिको यो परिभाषालाई कम तरल परिभाषा (Less Liquid Definition of Money Supply) भनिन्छ ।
तसर्थ :
विस्तृत मुद्रा प्रदाय (Broad Money Supply) = सर्वसाधारणसंग भएको नगद (Cash with Public) +बैंक तथा वित्तीय संस्थामा कायम रहेको चल्ती निक्षेप (demand Deposit Maintained at BFIs) +बैंक तथा वित्तीय संस्थामा कायम रहेको आवधिक निक्षेप (Time Deposit Maintained at BFIs)
नेपालमा आवधिक निक्षेप भित्र बैंक तथा वित्तीय संस्थामा कायम भएको वचत निक्षेप, मुद्यति निक्षेप तथा कल निक्षेप समावेश गरिन्छन ।
२०७६ जेष्ठ मसान्तको तथ्यांक अनुसार संकुचित मुद्रा प्रदायमा सर्वसाधारणसंग भएको नगदको हिस्सा ६०.७ प्रतिशत रहेको छ भने चल्ती निक्षेपको हिस्सा ३९.३ प्रतिशत रहेको छ । त्यसैगरी विस्तृत मुद्रा प्रदायमा सर्वसाधारणसंग भएको नगदको हिस्सा १२.२ प्रतिशत, चल्ती निक्षेपको हिस्सा ७.९ प्रतिशत, वचत तथा कल निक्षेपको हिस्सा ३७.३ प्रतिशत तथा मुद्यति निक्षेपको हिस्सा ४२.७ प्रतिशत रहेको छ ।
 ...............................................................................................................
Also Read
१ : नेपालको GDP मा रेमिटान्स को योगदान कति छ ? 
 समाधान 
२ : ब्याजदर करिडोर के हो र यसले कसरी काम गर्दछ ? 
समाधान 
३ : कुल गार्हस्थ्य उत्पादनको वृद्धिदरलाइ आधारभूत मुल्य वा उपभोक्ता मूल्य /उत्पादक मुल्य कसका आधारमा ब्यक्त गर्न बढी उपयुक्त हुन्छ? 
समाधान 
४ : रिपो तथा रिभर्स रिपो भनेको के हो ? यसको उपयोग के का लागि गरिन्छ?
समाधान 
५ : नेपालमा सार्वजनिक संस्थानहरुको पछिल्लो स्थिति कस्तो रहेको छ ?
समाधान 
 ६ : नेपालमा मुद्रास्फीतिको मापन कसरी गरिन्छ ? 
समाधान 
७ : रेमिटेन्स आय किन कुल राष्ट्रिय आय (GNI )मा समावेश हुदैन ?
 समाधान 
८ : विप्रेषण आय सम्बन्धी भ्रम तथा यथार्थ 
समाधान 
 ९ : मौद्रिक नीति भन्नाले के बुझिन्छ ?
१० : मौद्रिक नीतिका सम्बन्धमा असम्भाब्य त्रिकोण (Impossible Trinity ) भन्नाले के बुझिन्छ ? 
समाधान 
 ११ : नेपालले भारतीय मुद्रा संग किन परिवर्तनशील विनिमय दर पद्दती लागु गर्न सक्दैन ?
१२ : Is inflation always detrimental to growth? 
समाधान 
 १३ : How does the banking system create credit in an economy? 
१४ : अमेरिकन डलर र सुनको मुल्यको बीचमा किन उल्टो सम्बन्ध हुन्छ ? 
 १५ : Why real GDP (GDP at constant price) is not used to measure the size of the economy?
१६ : How to Rebase the CPI Index?
१७ : Why per capita GNI estimates from the World Bank and the Central Bureau of Statistics differ?
१८: नेपालमा कुल गार्हस्थ्य उत्पादनको संरचना कस्तो छ ?
१९ : CPI मुद्रास्फीति तथा GDP Deflator बाट निकालिने मुद्रास्फीति बीच के फरक हुन्छ?
२० : नेपालमा कुल गार्हस्थ्य उत्पादन गणना कसरी गरिन्छ ? 
 समाधान
 २१ : Why GDP is an important indicator of an economy?
 समाधान  
२२ :वित्त नीति तथा मौद्रिक नीति बीच किन समन्वय हुन आवश्यक हुन्छ?
समाधान

 

 

2 comments:

Unknown said...

Banijya bank le loan kina provide garxa ?

PUSKAR SINGH THAGUNNA said...

Alternative monetary policy/framework bhaneko ke ho sir