Thursday, September 5, 2019

आर्थिक तथा बैकिङ्ग ज्ञान : जिज्ञाशा न. २५ : के नेपालमा विदेश बाट प्राप्त विप्रेषण आयको ७९ उपभोगमा खर्च हुने तथ्य सही हो ?

धेरै नीतिगत विस्लेषणहरुमा नेपालमा विदेशबाट प्राप्त विप्रेषण रकम को ठुलो हिस्सा (७९ प्रतिशत) उपभोगमा खर्च हुने भएकाले यसले आन्तरिक उत्पादन भन्दा  आयात वृद्धिमा प्रोत्साहन दिएको भन्ने उल्लेख गरिएको हुन्छ। यो भनाइ केहि हद सम्म सहि भएता पनि विदेशबाट प्राप्त विप्रेषणको मात्रै ७९ प्रतिशत भने उपभोग मा खर्च हुने होइन।  विप्रेषण भित्र आन्तरिक तथा बाह्य विप्रेषण गरी दुइ प्रकारका ट्रान्सफर हरु पर्दछन।  नेपालका घर परिवारले प्राप्त गर्ने कुल विप्रेषणमा आन्तरिक विप्रेषणको हिस्सा २० प्रतिशत जति छ।  तेस्रो नेपाल जीवनस्तर मापन सर्वेक्षण बाट लिइएको तलको तालिका हेर्दा कुल विप्रेषणमा आन्तरिक विप्रेषणको हिस्सा घट्दै गएको देख्न सकिन्छ । 

 अर्को महत्वपुर्ण कुरा के हो भने कुल विप्रेषणको ७९ प्रतिशत उपभोगमा खर्च हुने भएतापनि विदेशबाट प्राप्त विप्रेषणको भने ७९ प्रतिशत नै उपभोगमा खर्च हुने कुरा सही हैन।  तथ्यांकले के देखाउदछ भने नेपालमा आन्तरिक श्रोतबाट प्राप्त विप्रेषणको ८४ प्रतिशत भन्दा माथि उपभोगमा खर्च हुन्छ भने मलेसिया, कतार, साउदी अरब जस्ता मुलुक बाट प्राप्त हुने विप्रेषणको ५० -५५ प्रतिशत मात्रै उपभोगमा खर्च हुन्छ। त्यस्ता मुलुकहरुबाट प्राप्त हुने विप्रेषणको १२ प्रतिशत सम्म रकम शिक्षा तथा पुजी निर्माणमा खर्च हुने देखिएको छ जबकि आन्तरिक विप्रेषणको ५-६ प्रतिशत मात्रै शिक्षा तथा पुजी निर्माणमा खर्च हुन्छ।  
तेस्रो नेपाल जीवनस्तर मापन सर्वेक्षण बाट लिइएको  तलको तालिका हेरौ। 
 
              संक्षेपमा विप्रेषणको ७९ प्रतिशत अंश उपभोगमा खर्च हुन्छ भनेर भन्दै गर्दा के बिर्सिनु हुदैन भने विप्रेषण रकममा आन्तरिक विप्रेषण पनि समावेश गरिएको हुन्छ। आन्तरिक विप्रेषणले उपभोगमा बढी योगदान दिने भयेकाले बाह्य विप्रेषणको मात्रै ७९ प्रतिशत  हुने हैन।
 ...............................................................................................................
Also Read
१ : नेपालको GDP मा रेमिटान्स को योगदान कति छ ? 
 समाधान 
२ : ब्याजदर करिडोर के हो र यसले कसरी काम गर्दछ ? 
समाधान 
३ : कुल गार्हस्थ्य उत्पादनको वृद्धिदरलाइ आधारभूत मुल्य वा उपभोक्ता मूल्य /उत्पादक मुल्य कसका आधारमा ब्यक्त गर्न बढी उपयुक्त हुन्छ? 
समाधान 
४ : रिपो तथा रिभर्स रिपो भनेको के हो ? यसको उपयोग के का लागि गरिन्छ?
समाधान 
५ : नेपालमा सार्वजनिक संस्थानहरुको पछिल्लो स्थिति कस्तो रहेको छ ?
समाधान 
 ६ : नेपालमा मुद्रास्फीतिको मापन कसरी गरिन्छ ? 
समाधान 
७ : रेमिटेन्स आय किन कुल राष्ट्रिय आय (GNI )मा समावेश हुदैन ?
 समाधान 
८ : विप्रेषण आय सम्बन्धी भ्रम तथा यथार्थ 
समाधान 
 ९ : मौद्रिक नीति भन्नाले के बुझिन्छ ?
१० : मौद्रिक नीतिका सम्बन्धमा असम्भाब्य त्रिकोण (Impossible Trinity ) भन्नाले के बुझिन्छ ? 
समाधान 
 ११ : नेपालले भारतीय मुद्रा संग किन परिवर्तनशील विनिमय दर पद्दती लागु गर्न सक्दैन ?
१२ : Is inflation always detrimental to growth? 
समाधान 
 १३ : How does the banking system create credit in an economy? 
१४ : अमेरिकन डलर र सुनको मुल्यको बीचमा किन उल्टो सम्बन्ध हुन्छ ? 
 १५ : Why real GDP (GDP at constant price) is not used to measure the size of the economy?
१६ : How to Rebase the CPI Index?
१७ : Why per capita GNI estimates from the World Bank and the Central Bureau of Statistics differ?
१८: नेपालमा कुल गार्हस्थ्य उत्पादनको संरचना कस्तो छ ?
१९ : CPI मुद्रास्फीति तथा GDP Deflator बाट निकालिने मुद्रास्फीति बीच के फरक हुन्छ?
२० : नेपालमा कुल गार्हस्थ्य उत्पादन गणना कसरी गरिन्छ ? 
 समाधान
 २१ : Why GDP is an important indicator of an economy?
 समाधान  
२२ :वित्त नीति तथा मौद्रिक नीति बीच किन समन्वय हुन आवश्यक हुन्छ?
समाधान

No comments: